You are viewing the translated version of बिवरण पेस गर्नु पर्ने.

Section 78
बिवरण पेस गर्नु पर्ने
(१) कानूनी व्यक्तिले ऐनको दफा ३५ग. र कानूनी प्रबन्ध सञ्चालन गर्ने व्यक्तिले ऐनको दफा ३५ख. बमोजिमको विवरण सम्बन्धित नियमनकारी निकायले निर्धारण गरेको ढाँचामा अद्यावधिक गरी नियमनकारी निकायमा पेस गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम विवरण पेस नगर्ने वा गलत विवरण दिने वा सूचक संस्थालाई जानकारी नदिने कानूनी व्यक्ति वा कानूनी प्रबन्धलाई ऐनको दफा ३भ्ख. वा ३श्ग. बमोजिम जरिबाना गर्नुअघि पन्ध्र दिनको अवधि दिई स्पष्टीकरण माग गर्नु पर्नेछ।

(३) उपनियम (२) बमोजिम विवरण पेस नगर्ने वा गलत विवरण दिने वा सूचक संस्थालाई जानकारी, नदिनेलाई ऐनको दफा ३५ख. बमोजिम र स्पष्टीकरण नदिने वा पेस गरेको स्पष्टीकरण सन्तोषजनक नभएमा नियमनकारी निकायले सम्बन्धित कानूनी व्यक्ति वा कानूनी प्रबन्धलाई ऐनको ३ ५ग. बमोजिम जरिनाना गर्नु पर्नेछ।